२२ असार २०८३, सोमबार

बाढी हेर्न खोलामा जाँदा दुई जनाले गुमाए ज्यान

असोज १३, २०८१
महोत्तरी
बाढी हेर्न खोलामा जाँदा दुई जनाले गुमाए ज्यान

बाढीको चपेटामा परी महोत्तरीका दुई जनाले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए ।

यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्