३१ असार २०८३, बुधबार

ललितपुरको लामाटार पहिरोमा ७ जनाको मृत्यु

असोज १३, २०८१
ललितपुर
ललितपुरको लामाटार पहिरोमा ७ जनाको मृत्यु

ललितपुरको महालक्ष्मी– ९ स्थित लामाटारमा पहिरोले वितण्डा मच्चाएको छ ।

त्यहाँको चौलागाईं टोल, भुरभरेटोल, धाराचौर पन्डोलमा पहिरोले दर्जनौं घरहरू जोखिममा परेका छन् ।

महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठका अनुसार लामाटारमा एक घरमा पुरिएर सात जनाको मृत्यु भएकोमा चार जनाको शव फेला परेको छ। बाँकी तीन वटा शवको खोजी कार्य भइरहेको श्रेष्ठले जानकारी दिए ।

‘पहिरोले धेरै घरहरू जोखिममा परेका छन्, एउटै घरमा पुरिएका सात जनामध्ये चार जनाको शव भेटियो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘बाँकी तीन वटा शव खोज्न सेनाको टोली परिचालित छन् ।’

उनका अनुसार तिल्बु खोलामा आएको बाढीले केही घरहरू डुबानमा पर्नुका साथै धानबाली समेत नष्ट गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्