
सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यक्तित्व विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ ।
ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा इन्स्योरेन्सको प्रधान कार्यालयका कर्मचारीहरूका लागि व्यक्तित्व विकास कार्यक्रम गरिएको हो ।
कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा पूर्व मिस नेपाल सुगारिका केसी रहेकी थिइन् । कार्यक्रममा ६० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्य गरी समय व्यवस्थापन, नेतृत्व, सञ्चार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धिलगायत अन्य व्यक्तित्व विकासका लागि महत्त्वपूर्ण विषयहरूमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीले उपस्थित सबैलाई प्रेरणागत रूपमा अगाडि बढ्न उत्प्रेरणा प्रदान गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

