
नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यू ई भेरियन्टको उत्पादन पनि शुरू गरेको छ। कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन शुरू गरेको थियो । लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।
कम्पनीले नेपालमा हुन्डाई भेन्यू को व्यवसायीक उत्पादन शुरू गरिएसँगै हण्डाई नेपाल : मेड फर योर जर्नी क्याम्पेन पनि शुरू गरेको थियो ।
हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरूमार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ । हुन्डाई भेन्यू ई को प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ । यद्यपि यसमा हाल चलिरहेको दशैंतिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।
हाल नेपालमा उपलब्ध भेन्यू का अरू भेरियन्टहरूको मूल्य भेन्यू (ई) १.२ को ४४ लाख ९६ हजार र भेन्यू (एकएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ l कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।
लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुण्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।