०६ साउन २०८३, बुधबार

साना व्यवसायी तथा उद्यमीहरूका लागि टिकटकको कार्यशाला

असोज २४, २०८१
काठमाडौं
साना व्यवसायी तथा उद्यमीहरूका लागि टिकटकको कार्यशाला

टिकटकले साना र मझौला व्यवसाय (एसएमबीएस)लाई सशक्त बनाउन काठमाडौंमा #GrowWithTikTok मास्टरक्लास नामक कार्यशाला आयोजना गरेको छ।

यो कार्यशालामा व्यवसायी र उद्यमीहरूलाई टिकटक प्लेटफर्मको प्रयोगमार्फत आफ्नो व्यवसाय कसरी बढाउन सकिन्छ भन्नेबारे जानकारी दिइएको थियो।

कार्यशालामा सहभागीहरूले टिकटकको ब्रान्ड भिजिबिलिटी बढाउने क्षमता, युवा वर्गसँगको सम्पर्क, रचनात्मक कन्टेन्ट सिर्जना र प्रभावकारी मार्केटिङ रणनीतिहरूबारे गहन प्रशिक्षण प्राप्त गरे। साथै, टिकटकका कन्टेन्ट क्रियसन टुल्स र प्लेटफर्ममा सुरक्षित रहनका लागि उपलब्ध सुरक्षा सुविधाहरूको पनि परिचय गराइएको थियो।

कार्यक्रममा सहभागीहरूलाई नेटवर्किङ गर्ने अवसर मिल्नुका साथै अन्य उद्योगका साथीहरूसँग अनुभव साटासाट गर्न समेत प्रेरणा मिलेको थियो । नेपालको साना व्यवसायलाई डिजिटल युगमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने टिकटकको विश्वास छ ।

टिकटक छोटो आकारको मोबाइल भिडियोका लागि लोकप्रिय एप हो ।

रचनात्मकतालाई प्रेरित गर्नु र मानिसहरूलाई आनन्द दिलाउनु आफूहरूको मुख्य उद्देश्य रहेको टिकटकको दाबी छ ।

लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल, टोकियोसहित विश्वभरि नै टिकटकका कार्यालयहरू छन्। 

salt training

कमेन्ट गर्नुहोस्