३१ असार २०८३, बुधबार

ब्राजिल जित्दा रोकियो विश्वविजेता अर्जेन्टिना

असोज २५, २०८१
काठमाडौं
ब्राजिल जित्दा रोकियो विश्वविजेता अर्जेन्टिना

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले जीत दर्ता गर्दा अर्जेन्टिना रोकिन पुगेको छ ।

शुक्रबार भएको खेलमा ब्राजिलले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

विश्वविजेता अर्जेन्टिना भने भेनेजुएलासँग १-१ गोलको बराबरीमा रोकिन पुगेको छ ।

छनोटमा आधा अर्थात ९ खेल खेल्दा अर्जेन्टिनाले ६ खेल जितेको छ ।

उसले १ खेलमा बराबरी नतिजा निकाल्दा २ खेलमा पराजय बेहोरेको छ ।

९ खेलबाट अर्जेन्टिना १९ अंकसहित पहिलो स्थानमा छ ।
कोलम्बियाको ९ खेलबाट १६, उरुग्वेले ८ खेलबाट १५ अंक बटुलेको छ ।

९ खेलबाट १३ अंक बटुलेको ब्राजिल अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

९ खेल खेलेका इक्वडेर र बोलिभियाको पनि १२-१२ अंक छ ।

शुक्रबार नै इक्वडेर र पाराग्वेले गोलरहित बराबरी खेलेका थिए ।

बोलिभियाले कोलम्बियालाई १-० गोलले पराजित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्