२६ जेठ २०८३, मंगलबार

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

असोज ३०, २०८१
काठमाडौं
गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउन्डेसन’जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

आफ्नै निवास बूढानीलकण्ठमा आज जय नेपाल फाउन्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धति र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउन्डेसनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास रहेको उनले बताए  ।

उनले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउन्डेसनलाई आग्रह गरे । 

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउन्डेसन समेत स्थापना भएकामा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

 
स्मारिका सार्वजनिक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि, उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराएका थिए ।

जय नेपाल सन्देशका प्रधान सम्पादक प्राडा धनेश्वर नेपाल र फाउन्डेसनका संस्थापक सदस्य सचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख विजयराज अधिकारीले स्मारिकामा समेटिएका विषयवस्तु र विचारहरूबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्