२२ असार २०८३, सोमबार

प्रहरी नागरिकको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित छ : प्रहरी महानिरीक्षक कुँवर

असोज ३०, २०८१
काठमाडौं
प्रहरी नागरिकको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित छ : प्रहरी महानिरीक्षक कुँवर

 प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित भएको बताएका छन् । 
 
६९औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताए । 
 
महानिरीक्षक कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता दिएको बताए । 
 
   बदलिँदो सामाजिक परिवेशसँगै सिर्जित नवीनतम् चुनौतीलाई उच्च मनोबलका साथ निस्तेज पारिएको उल्लेख गर्दै उनले पछिल्ला एक वर्षमा उल्लेखनीय र अपत्यारिला उपलब्धि हासिल भएका बताए । 
 
उनले पछिल्लो एक वर्षको अवधिमा प्रहरी सङ्गठनको आधुनिकीकरण, सुदृढीकरण र संस्थागत विकासका लागि विभिन्न निकायसँग साझेदारी भएको स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्