०२ साउन २०८३, शनिबार

महिला विश्वकप : न्युजिल्यान्ड फाइनलमा

कात्तिक ३, २०८१
काठमाडौं
महिला विश्वकप : न्युजिल्यान्ड फाइनलमा

आईसीसी महिला टी–२० विश्वकपको फाइनलमा न्युजिल्याण्डले आफ्नो स्थान पक्का गरेको छ । यूएईको शारजाहमा भएको खेलमा न्युजिल्याण्ड वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनको चार विकेट लिँदै २२ रनको प्रदर्शनले न्युजिल्याण्डको ब्याटिङलाई निरन्तर दबाबमा राखेको थियो ।  जर्जिया प्लिमरले ३३ रनको सर्वाधिक योगदान दिएर न्युजिल्याण्डलाई १२८ रनको सम्मानजनक स्कोरसम्म पुर्याइन् । 

जवाफमा वेस्ट इन्डिजको सुरुवात खराब रह्यो। इडेन कार्सनले शीर्ष क्रमलाई ध्वस्त पारेपछि अन्त्यतिर डिएन्ड्रा डोटिनले आक्रामक पारामा ३३ रन बनाएर वेस्ट इन्डिजलाई जितको आशा देखाइन् । 

तर, न्युजिल्याण्डले दबाबमा राम्रो खेलेर आफ्नो जित सुनिश्चित गर्यो। अब फाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्