२९ जेठ २०८३, शुक्रबार

‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको शुरूआत भएको छ : प्रधानमन्त्री ओली

कात्तिक ७, २०८१
काठमाडौं
‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको शुरूआत भएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको शुरूआत भएको बताएका छन् ।

वर्तमान सरकारको एक सय दिने कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै आज प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्पन्न गरेको ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवा विस्तार महत्वपूर्ण उपलब्धिका रूपमा रहेको उनले बताए ।

'हुम्ला एक मात्र यस्तो जिल्ला थियो, जहाँ ‘एफटीटीएच’ सेवा अझै पुगेको थिएन । गत भदौदेखि यो सेवा सञ्चालनमा आएसँगै मुलुकका ७७ वटै जिल्लामा यसको पहुँच पुर्‍याएका छौं,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्