
नेपाल बुद्धिजीवी सङ्गठनले बाढी पहिरोपीडितलाई सहयोगका लागि पाँच लाख २५ हजार सहयोग प्रदान गरेको छ ।
सङ्गठनका अध्यक्ष कृष्ण केसीलगायत पदाधिकारीले सहयोग बापतको चेक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज हस्तान्तरण गरेका हुन् ।
नेपाल बुद्धिजीवी सङ्गठनका तर्फबाट सङ्कलित रकम बुझ्दै उनले राष्ट्र र राष्ट्रियताको सम्वर्द्धनमा ध्यान दिन आग्रह गरे ।
उनले पाँच विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको जनाउँदै सो ज्ञापनपत्रमार्फत राष्ट्र र राष्ट्रियताको सम्वर्द्धनबारे जानकारी गराइएको बताए ।