३१ असार २०८३, बुधबार

भारतमा 'दाना' आँधीको प्रभाव : २०० बढी ट्रेन रद्द, कोलकाता विमानस्थल १६ घण्टा बन्द रहने

कात्तिक ८, २०८१
काठमाडौं
भारतमा 'दाना' आँधीको प्रभाव : २०० बढी ट्रेन रद्द, कोलकाता विमानस्थल १६ घण्टा बन्द रहने

चक्रवाती आँधी 'दाना' आज पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्न सक्ने अनुमान गरिएको छ । पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्न तयारी पूरा भएको बताएका छन् । 

‘डाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाएको छ ।

पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बीबीसी हिन्दीले जनाएको छ । 

दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय असोज २५ गतेसम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ ।

कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडानहरू १५ घण्टाका लागि रद्द गरिएको छ।
दाना आँधी बुधवार रातिदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बीचको तटमा पुग्न सक्ने समाचारमा उल्लेख छ । जसका कारण बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना छ ।

करिब एक हजार राहत शिविर खोलिएको छ । विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था समेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्