२१ जेठ २०८३, बिहीबार

बम राखेको हल्लापछि एयर इन्डियाको विमान काठमाडौंमा होल्ड, चेकजाँच गरिँदै

कात्तिक १२, २०८१
काठमाडौं
बम राखेको हल्लापछि एयर इन्डियाको विमान काठमाडौंमा होल्ड, चेकजाँच गरिँदै
फाइल तस्बीर

काठमाडौंबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि विमानमा कडाइका साथ चेकजाँच थालिएको छ ।

एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले लोकान्तरलाई बताए । 

दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो ।

तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको जानकारी  विकले जानकारी दिए ।

सो विमानमार्फत १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् ।

विमानमा चेकजाँच भइरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सुचारु रहेको विकले बताए ।

salt training

कमेन्ट गर्नुहोस्