
रुकुमबाट काठमाडौं आउँदै गरेको बस बागलुङस्थित निसीखोलामा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी ऋषिराम कँडेलका अनुसार बस ब्रेक फेल भएर सडकको भित्तामा बजारिएको थियो ।
दुर्घटनामा केही घाइते भएका र दुर्घटना स्थलमा प्रहरी जाँदै गरेको उनले जानकारी दिए ।
ना ८ ख ८४१४ नम्बरको बसमा कति यात्रु छन् भन्ने यकिन नभएको कँडेलले बताए ।
‘प्रहरी घटनास्थलमा पुग्दैछ, अहिल्यै कति घाइते भए भन्ने यकिन गर्न सकिँदैन, उद्धार कार्यका लाग प्रहरी पुग्दैछ,’ उनले भने ।