२२ असार २०८३, सोमबार
सवारी दुर्घटना

नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा बस र माइक्रोबस ठोक्किए, चार जनाको मृत्यु

कात्तिक २३, २०८१
काठमाडौं
नारायणगढ-मुग्लिन सडकको सत्रकिलोमा बस र माइक्रोबस ठोक्किए, चार जनाको मृत्यु

नारायणगढ-मुग्लिन सडकअन्तर्गत सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस​ ठोक्किर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको  इलेक्ट्रिक  माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८१२ नं को बस चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सत्रकिलोमा आपसमा ठोक्किएका हुन् । 

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुने सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा रहेका चार जना सामान्य घाइते भएका छन् ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमध्ये भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्