२१ असार २०८३, आइतबार

निर्माण सकिएको तीन वर्ष नबित्दै बुद्ध उद्यान जीर्ण

कात्तिक २४, २०८१
रामेछाप
निर्माण सकिएको तीन वर्ष नबित्दै बुद्ध उद्यान जीर्ण

निर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिब–बुद्ध उद्यान जीर्ण बनेको छ । 

खाँडादेवी गाउँपालिकाले २०७८ सालमा १० लाखको लागतमा निर्माण गरेको उक्त उद्यान संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । गाईबाख्रा चराउने र घाँसदाउरा गर्नेहरूले उद्यानका संरचना तोडफोड गरेका छन् । उद्यानका गमला फुटालिएका छन् भने पानीको फोहरा दिने विद्युतीय तार चुँडाइएको छ ।   

उक्त उद्यानबाट वरिपरिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ शिव र बुद्धको मूर्ति राखिएको छ । फूलका गमलाले उद्यानलाई सजाइएको छ । पालिकाले यसको संरक्षण गर्न जरुरी रहेको सिन्धुलीबाट उद्यान घुम्न आएका राजन कार्कीले बताए।   

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उद्यान चाँडै मर्मत गरिने बताए । यहाँ आन्तरिक र बाह्य पर्यटक दृश्यावलोकनका लागि बेलाबेलामा  आउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्