
यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज (मंगलबार) नेपाल र कुबेत भिड्दैछन् । अजमानस्थित दि सेभेन स्टेडियममा हुने खेल स्थानीय समय अनुसार बिहान साढे ९ बजे शुरू हुनेछ ।
चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन् । डबल लिग फर्मेटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।
एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ।