२२ असार २०८३, सोमबार

भैरहवामा सुप्रिम सहकारी पीडितको प्रदर्शन- ‘रगत पसिनाको कमाइ चुस्न पाइँदैन’

कात्तिक २७, २०८१
बुटवल
भैरहवामा सुप्रिम सहकारी पीडितको प्रदर्शन- ‘रगत पसिनाको कमाइ चुस्न पाइँदैन’

जिल्ला सहकारी वकिलको कार्यालय रूपन्देहीमा रवि लामिछानको बयान चलिरहेका बेला सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्रदर्शन गरेका छन् । 

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मु्द्दामा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई भैरहवा ल्याएपछि आफूहरूलाई न्याय दिनुपर्ने मागसहित पीडितहरूले प्रदर्शन गरेका हुन् ।

पीडितहरूले जिल्ला अदालत प्रवेश गर्ने चोकमा जम्मा भएर आफूहरूले न्याय पाउनुपर्ने माग गरे । सुप्रिम सहकारी पीडित समूहको नाममा कालो ब्यानरसहित उनीहरू विरोधमा उत्रिएका छन् । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाए । 

भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले 'हाम्रो रगत पसिनाको कमाई ठगी गर्न पाइँदैन', 'सुप्रिम सहकारी अध्यक्ष, पदाधिकारी, व्यवस्थापक वरिष्ठ कर्मचारीलाई तुरून्त कारबाही गर', 'हाम्रो बचत रकम सुनिश्चित सुरक्षित गराई फिर्ता पाउँ','सहकारी ठग्न पाइँदैन', 'सहकारी ठगीमा निष्पक्ष छानबिन गर'लगायत नारा लगाएका थिए । 

null

सुप्रिम सहकारीका १ हजार ८३१ जना बचतकर्ताको ८६ करोड बढी रकम अपचलन गरेको देखिन्छ । सहकारीका १० हजार ३९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको देखिएपछि प्रहरीले अनुसन्धानलाई अघि बढाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्