
बलात्कार आरोपमा प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ ।
३४ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-१ जुरौनी बस्ने रोल्पा लुङ्ग्री गाउँपालिका-२ घर भएका २३ वर्षीय दीपक विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विकले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।