०२ असार २०८३, मंगलबार

गणना नगरी मतपेटिका ११ दिनसम्म ‘होल्ड’ मा राख्नु निकै जोखिम

कात्तिक २४, २०७४
गणना नगरी मतपेटिका ११ दिनसम्म ‘होल्ड’ मा राख्नु निकै जोखिम

काठमाडौं, २४ कात्तिक-  निर्वाचन आयोगले मंसिर १० को पहिलोचरण निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि गर्ने भएको छ । दोस्रो चरणको निर्वाचन मंसिर २१ का लागि तोकिएको छ । आयोगको यो निर्णयले मतपेटिकाको सुरक्षामा चिन्ता थपिएको छ । तर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव आशंका गर्ने अवस्था नहुने तर्क गर्छन् ।‘मतपेटिकाको सुरक्षाको प्रबन्ध गर्ने काम सरकारको हो,’ प्रमुख आयुक्त यादवले भने, ‘अन्य व्यवस्थापन आयोगले गर्छ ।’

पहिलो चरणको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र गर्न दलहरू तयार रहेको प्रमुख आयुक्त यादवले दाबी गरे । ‘सरकार र दलहरू तयार छन्,’ यादवले भने ।हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि मतगणना ‘होल्ड’ मा राख्ने विषयमा छलफल भएको थियो । तर, आयोगले ‘पर्खन नसकिने’ भन्दै दोस्रो चरणको चुनाव नहुँदै पहिलो चरणको मतगणनाको नजिता प्रकाशित गरेको थियो । आयोगले तेस्रो चरणको चुनावअगावै दोस्रो चरणको मतपरिणाम पनि सार्वजनिक गरेको थियो ।

आयोगका एक आयुक्तले दलहरूले आफ्नो अवस्था हेरेर मतगणनाबारे मत व्यक्त गर्ने गरेको बताए, अन्नपूर्ण पोस्टमा खबर छ  । ‘स्थानीय चुनावमा एकैसाथ मतगणना गर्नुपर्ने पक्षमा सुरुमा एमाले देखिएको थियो भने अहिले कांग्रेस त्यसको पक्षमा छ’, एक आयुक्तले भने, ‘पहिलो चरणको निर्वाचन परिणामले दोस्रो चरणको निर्वाचन प्रभावित पार्ने देखेर दलहरूले आफ्नो सुविधाअनुसारको अडान लिने गरेका छन् ।’
 
तर मतपेटिका ११ दिनसम्म ‘होल्ड’ मा राख्नु निकै जोखिम र चुनौतीपूर्ण हुने ती आयुक्तको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्