०७ असार २०८३, आइतबार

सिरहामा नवजात शिशुको मृत्यु प्रकरण : अनुसन्धान गर्दै प्रहरी

कात्तिक २९, २०८१
सिरहा
सिरहामा नवजात शिशुको मृत्यु प्रकरण : अनुसन्धान गर्दै प्रहरी

औरही गाउँपालिका–५ की राधादेवी दासको कोखबाट जन्मिएको नवजात शिशु उपचार गर्न लैजाने क्रममा गत सोमबार मृत्यु भएको थियो । परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त गर्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको छ ।  

अनुसन्धानका क्रममा प्रहरीले मङ्गलबार मृतक शिशुको शव गाडिएको स्थानबाट निकाली शवपरीक्षणका लागि प्रादेशिक अस्पताल लहान पठाएको छ । “सुत्केरीको माइती पक्षबाट जाहेरी त अहिलेसम्म दिनुभएको छैन, तर घटनाप्रति शङ्का व्यक्त गर्दै अनुसन्धान गरिदिन अनुरोध गरेपछि अहिले हामी घटनाको अनुसन्धान गर्दै छौँ”, इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले बताए । 

राधादेवीको गोलबजारस्थित बर्धमान अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बिहीबार अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो । अस्पतालका सञ्चालक डा तेजशङ्कर यादवका अनुसार सुत्केरी व्यथा लागेपछि राधादेवी प्रादेशिक अस्पताल सिरहाबाट पठाइ उक्त अस्पतालमा आएकी थिइन् । 

कमेन्ट गर्नुहोस्