२२ असार २०८३, सोमबार

सात पाकिस्तानी सैनिकको मृत्यु

मंसिर १, २०८१
काठमाडौं
सात पाकिस्तानी सैनिकको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पृथकतावादी समूहले अर्धसैनिक बलको सीमा चौकीमा गोली चलाउँदा सात सैनिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।

नाम नबताउने शर्तमा एक स्थानीय अधिकारीले एएफपीसँग भने, “करिब ४० देखि ५० जना सशस्त्र आतङ्ककारीले कलात जिल्लामा सक्रिय अर्धसैनिक लडाकू समूह ‘फ्रन्टियर कोर बलुचिस्तान’ ले सीमास्थित चौकीमा आक्रमण गर्दा सात सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।''

केही घण्टासम्म गोली हानाहान भएको उनले बताए । 

एक स्थानीय नागरिक प्रशासनिक अधिकारीले हताहतको सङ्ख्या पुष्टि गर्दै घाइतेहरूलाई ‘यस दुर्गम क्षेत्रबाट हेलिकप्टरको सहायतामा प्रान्तीय राजधानी क्वेटामा  उपचारको लागि पठाइएको’ बताए । 

बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) पृथकतावादी समूहका प्रवक्ता जीयान्ड बलोचले थप विवरण नदिई आक्रमणको जिम्मेवारी लिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्