महिला एसियन च्याम्पियन्स ट्रफी, २०२४ को उपाधि भारतीय महिला हक्की टोलीले जितेको छ ।
बिहारको राजगिरस्थित हक्की स्टेडियममा भएको फाइनल खेलमा चीनलाई १-० ले हराउँदै भारतले एसियन च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो ।
चीनलाई हराउँदै भारतले तेस्रो पटक एसियन च्याम्पियन्स ट्रफीको उपाधि जित्न सफल भएको हो ।
भारतका लागि दीपिकाले एक निर्णायक गोल गरिन् ।
योसँगै भारत र दक्षिण कोरिया समान ३-३ पटक उपाधि जित्न सफल भएका छन् ।