२२ असार २०८३, सोमबार

धनी र गरिबबीचको खाडल मेटिनुपर्छ : प्रधानमन्त्री ओली

मंसिर १२, २०८१
काठमाडौं
धनी र गरिबबीचको खाडल मेटिनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले धनी र गरिबबीचको खाडल मेटिनुपर्ने बताएका छन् ।​ छैटौं एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने उनले बताए ।

विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरू जारी रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले काठमाडौं मेडिकल कलेज अस्पतालमा भर्खरै जन्मिएका एक शिशुका मातासँग भर्चुअल संवाद गरेर सम्मेलनको उद्‌घाटन गरेका थिए ।

उनले समानता र समावेशी नीति अपनाएर धनी र गरिबबीचको खाडल मेटिनुपर्ने,  आत्मसम्मानसहितको मानव अधिकार, स्वास्थ्य र आशासहितको विश्व निर्माणमा सबै एक हुनुपर्नेमा जोड दिए ।

उनले पृथ्वी र मानवको रक्षार्थ लाग्दै मानवीय विकास, असल जीवनयापनका समस्या र समाधानका उपायका लागि यस्ता विषयमा हुने सम्मेलनले गहन सुझाव दिने अपेक्षा गरे ।

उनले जलवायु परिवर्तनका मुद्दालाई सामना गर्न विश्वव्यापी साझेदारीलाई महत्वका साथ बढाउनुपर्ने भन्दै दिगो विकास, सुशासन र सामूहिक प्रयास अत्यावश्यक भएको बताए ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकाङ्क्षालाई देखिने खालका उपलब्धिमा रूपान्तरित गर्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्