२२ असार २०८३, सोमबार

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु

मंसिर १४, २०८१
काठमाडौं
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।  
लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेको र उक्त घटनामा कैयौँ घाइते भएका छन् भने देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् ।

गाजा शहर केन्द्रमा रहेको घरलाई लक्षितगरी भएको आक्रमणमा एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । 

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजा पट्टीमा ४८ जनाको मृत्यु हुनुका साथै ५३ जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्