२२ असार २०८३, सोमबार

‘शिक्षा क्षेत्रका समस्या समाधान गर्न कठिनाइ भइरहेको छ’

मंसिर १४, २०८१
कैलाली
‘शिक्षा क्षेत्रका समस्या समाधान गर्न कठिनाइ भइरहेको छ’

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्पष्ट नीति र मापदण्ड नहुँदा शिक्षा क्षेत्रका समस्या समाधान गर्न कठिनाइ भइरहेको बताएका छन्।

आज कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको शैक्षिक भवन सिलान्यास तथा स्मारिका विमोचन गर्दै मुख्यमन्त्री शाहले सोही कारण शिक्षा क्षेत्रमा बजेट विनियोजनलगायत समस्या भइरहेको बताए । 
सुदूरपश्चिम प्रदेशका पाँच वटा सामुदायिक क्याम्पसलाई आङ्गिक बनाउने योजना बजेट विनियोजन नभएका कारण कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री शाहको भनाइ थियो । 

मुख्यमन्त्री शाहले घोडाघोडीको समग्र विकासका लागि रु २० करोड बजेट बराबरको नीति तथा कार्यक्रम ल्याइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्