२२ असार २०८३, सोमबार

बेचबिखनको जोखिममा रहेका दुई सय ९८ जनाको उद्धार

मंसिर १५, २०८१
बाँके
बेचबिखनको जोखिममा रहेका दुई सय ९८ जनाको उद्धार
फाइल तस्वीरु

मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह बाँकेले आर्थिक वर्ष ०८०/८१ मा जोखिममा रहेका दुई सय ९८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेको छ । 

संस्थाले नेपालगञ्जस्थित मुख्य नाका जमुनाहसँगै जानकी, डुडुवा र नरैनापुर गाउँपालिकास्थित ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । 

त्यसमध्ये पाँच जनालाई भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये दुई सय ५२ जनालाई अभिभावकको जिम्मा लगाइएको र ४२ जनालाई प्रहरीको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयाजक निर्मल सुवेदीले बताए । 
    
उनका अनुसार संस्थाले गत आर्थिक वर्षमा बेचबिखनको जोखिममा रहेका नौ हजार आठ सय ९६ महिला तथा बालबालिकालाई परामर्श दिएको छ । यो अवधिमा शान्ति पुनःस्थापना गृहले मानव बेचबिखन अभियोगमा तीनवटा मुद्दा दर्ता गरेको छ । 

'बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध क्रियाशील धेरै संस्थाको परामर्श हुने भएकाले दलालले ग्रामीण क्षेत्रका नाकासमेत प्रयोग गर्ने गरेको छ,' सुवेदीले भने, 'नयाँ नयाँ ढङ्गले मानव बेचबिखनको प्रयास हुने गरेको छ, सबैभन्दा बढी जोखिममा १८ देखि २५ वर्ष उमेर समूह रहेको तथ्यले देखाएको छ ।'

शान्ति पुनःस्थापना गृहका केन्द्रीय उद्दार संयोजक भूमि भट्टराईले मानव बेचबिखन तथा ओसारपसार न्यूनिकरण र निरुत्साहित पार्न ग्रामीण नाकामासमेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्