
नेपाल पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट (दृष्टिविहीनहरूको क्रिकेट) टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार लिग चरणका खेल सकिएपछि नेपाल चौथो स्थानमा रहने निश्चित भएको हो । सुरुमा ७ टोलीको सहभागिता रहने भनिएपनि भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोलीले विश्वकप खेलेका छन् । जसमा नेपालले २ खेल जित्दा ३ खेलमा पराजित भएको थियो ।
यसअघि नेपालले तीन संस्करण ब्लाइण्ड क्रिकेट विश्वकप खेलेपनि सेमिफाइनल पुग्न सकेको थिएन ।