२२ असार २०८३, सोमबार
उपनिर्वाचनको परिणाम

जाजरकोटको नलगाडमा माओवादी विजयी

मंसिर १७, २०८१
काठमाडौं
जाजरकोटको नलगाडमा माओवादी विजयी

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)की देवका लामिछाने निर्वाचित भएकी छन् ।

सोमबार बिहान आएको अन्तिम मतपरिणामअनुसार माओवादी उम्मेदवार लामिछानेले निर्वाचित भएकी हुन् । 

उनले ४२७२ मत प्राप्त गरिन् । २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर चुनाव जितेको काङ्ग्रेस उपनिर्वाचनमा दोस्रो भएको छ ।

कांग्रेस उम्मेदवार इन्द्रा चन्द (सिंह)ले ३१४७ मत ल्याउँदा तेस्रोमा रहेको एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याइन् । 

रास्वपाकी पार्वती पुनले जम्मा १७९ मत ल्याइन् । नलगाड नगरपालिकाको प्रमुख पनि माओवादीकै डम्बर राउत छन् ।

यसअघि माओवादीले मोरङको ग्रामथान गाउँपालिका अधयक्ष पनि जितेको छ । 

salt training

कमेन्ट गर्नुहोस्