
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार चारै जना भारतीय नागरिक हुन्।
पक्राउ पर्नेमा सुवास भोस, अमित यादव, सुमन्त कुमार र ब्रजेज कुमार रहेका छन् ।
दुई जनालाई सोमबार र थप दुई जनालाई मंगलबार पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरूले स्पोर्ट्स बाजी र प्रोबो भन्ने एपबाट बेटिङ गरेको खुलेको छ ।