२२ असार २०८३, सोमबार

लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता : मुख्यमन्त्री लामा

मंसिर १८, २०८१
हेटौंडा
लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता : मुख्यमन्त्री लामा

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता रहेको बताएका छन् । उनले संविधान निर्माणपछि देशमा धार्मिक स्वतन्त्रता कायम भएको स्पष्ट पारे। 

 ख्रीष्टियन महासङ्घ नेपाल मकवानपुरद्वारा हेटौँडामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री लामाले लोकतन्त्रपछि देशमा धार्मिक स्वतन्त्रता आएको बताए । 

लोकतन्त्रपछि मठ, मन्दिर, गुम्बा, चर्च निर्माणमा तीव्रता आएको बताउँदै उनले धार्मिक स्वतन्त्रतामा अरूलाई होच्याएर विभेद गर्न नहुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्