२२ असार २०८३, सोमबार
राष्ट्र बैंकको तथ्यांक

नेपालको आर्थिक स्थिति सुधारोन्मुख, रेमिट्यान्स र वैदेशिक सञ्चिति बढ्दै

मंसिर २७, २०८१
काठमाडौं
नेपालको आर्थिक स्थिति सुधारोन्मुख, रेमिट्यान्स र वैदेशिक सञ्चिति बढ्दै

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकले देशको आर्थिक स्थिति सुधारोन्मुख रहेको देखाएको छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव ६ प्रतिशतमा कायम रहेको तथ्यांकले देखाएको हो ।

तथ्यांकअनुसार आयात र निर्यातमा क्रमशः शून्य दशमलव २ प्रतिशत र ४ दशमलव २ प्रतिशतको वृद्धि भएको छ भने विप्रेषण आप्रवाह ९ दशमलव १ प्रतिशतले वृद्धि भई विदेशी विनिमय सञ्चिति १६ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ । 

शोधनान्तर स्थिति पनि २०५ अर्ब ८३ करोड रूपैयाँ बचतमा रहेको छ, जसले अर्थतन्त्रमा स्थिरता आउने संकेत गरेको छ ।

उक्त अवधिमा नेपाल सरकारको खर्च ४१५ अर्ब २ करोड र राजस्व संकलन ३२३ अर्ब २४ करोड रहेको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूले २ दशमलव ३ प्रतिशतले निक्षेप संकलन र २ दशमलव ५ प्रतिशतले निजी क्षेत्रलाई कर्जा प्रवाह गरेका छन् ।

विस्तृत मुद्राप्रदायमा वार्षिक विन्दुगत आधारमा १२ दशमलव १ प्रतिशतको वृद्धि हुनु र निजी क्षेत्रमा कर्जा प्रवाहको वृद्धिदर ६ दशमलव २ प्रतिशत हुनुले आर्थिक गतिविधिमा थप सुधारको संकेत गरेको तथ्यांकको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्