३१ असार २०८३, बुधबार

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ

मंसिर २७, २०८१
काठमाडौं
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको छ। 

पक्राउ परेका व्यक्तिहरूले आकर्षक तलब र सुविधाको प्रलोभनमा पारेर बेरोजगार युवायुवतीलाई विदेश पठाउने झुटो आश्वासन दिएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले पीडितलाई विदेश नपठाई लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएका थिए। 

पक्राउ परेकामध्ये झापा गौरादह नगरपालिका-१ का ३६ वर्षीय सुदीप घिमिरेले जर्जिया पठाउने भन्दै दुई जनाबाट १२ लाख १० हजार रुपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौं महानगरपालिका-२६, गल्कोपाखाबाट बुधबार पक्राउ गरिएको हो । 

यस्तै, कञ्चनपुर भीमदत्त नगरपालिका-२ का ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठले रोमानिया पठाउने प्रलोभनमा दुई जनाबाट दुई लाख रूपैयाँ ठगी गरेका थिए। उनलाई काठमाडौँ महानगरपालिका-६, बौद्ध क्षेत्रबाट मङ्सिर २७ गते पक्राउ गरिएको हो।

दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।

salt training

कमेन्ट गर्नुहोस्