१० साउन २०८३, आइतबार

मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा

मंसिर ३०, २०८१
बुटवल
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
फाइल फोटो

लुम्बिनीदेखि तिलौराकोटसम्म परिकल्पना गरिएको मायादेवी सुत्केरी मार्गमा महिला मोटरसाइकल ‘राइडर’हरूले यात्रा शुरू गरेका छन् ।

सुत्केरी मार्गको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित यात्राको शुरूआत गरिएको हो । 

सुत्केरी मार्गमा पर्ने ग्रामीण क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाएर स्थानीय बासिन्दाको आर्थिक स्तर उकास्नलाई पनि यो कार्यक्रम आयोजना गरिएको आयोजक विक्रमपाँडे काजीले बताए । 

यसमा ‘दुई पाङ्ग्रे क्विन’ समूहका १० जना महिला राइडरको सहभागिता रहेको उनले बताए ।

राइडरहरू सुत्केरी मार्ग हुँदै कपिलवस्तुको पर्यटकीय क्षेत्रहरू कुदान, गोटिहवा, सगरहवा, निग्लिहवालगायत क्षेत्रमा पुग्ने पाँडेले जानकारी दिए ।

मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार पाँडेका अनुसार करिब ३८–३९ किलोमिटर दूरीको यात्रालाई तीर्थयात्राका रूपमा स्थापित गराउन यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

'यस मार्गमा हिँड्ने तीर्थयात्रीलाई तीनदेखि चार दिन लाग्नसक्ने र यसले लुम्बिनी तथा कपिलवस्तुमा पर्यटकहरूको बसाइँ अवधि लम्ब्याउन सहज हुनेछ । लुम्बिनी भ्रमणका लागि आउने अधिकांश तीर्थयात्रीहरू कपिलवस्तुसम्म पुग्दैनन् । यस कार्यक्रमले कपिलवस्तुमा पर्यटकको सङ्ख्या वृद्धिमा पनि सहयोग पुर्‍याउने विश्वास लिएका छौं,' पाँडेले भने ।

लुम्बिनीको सद्‌भावनादूतसमेत रहेका पाँडेले मायादेवी सुत्केरी मार्ग तयार भइसकेको हुँदा यसको प्रचारप्रसारका लागि सरकारीस्तरबाट प्रयास गरिनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्