
रुपन्देहीको सिद्धार्थनगरमा फेला परेको शङ्कास्पद वस्तुलाई निष्क्रिय पारिएको छ ।
सिद्धार्थनगर नगरपालिका– १ रानीगाउँ स्थित यूनिभर्सल मेडिकल तथा शिक्षण अस्पतालको पार्किङ नजिकै फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले डिष्पोज गरेको छ ।
नेपाली सेनाको बम डिष्पोजल टोलीले शङ्कास्पद वस्तु डिष्पोज गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्रीलगायतका उपकरण जडान गरिएको थियो ।
ब्यागमा राखेको अवस्थामा कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई खबर गरेको थियो ।
बमलाई भैरहवास्थित काली भक्ति गणको नेपाली सेनाले दिउँसो १ बजे निष्क्रिय गरेको थियो ।