२१ जेठ २०८३, बिहीबार

काठमाडौं महानगरले अभद्र व्यवहार गरेको व्यवसायीको आरोप

पुस ५, २०८१
काठमाडौं
काठमाडौं महानगरले अभद्र व्यवहार गरेको व्यवसायीको आरोप

कबाड व्यवसायी समाजले निर्वाध रूपमा पेसा व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ ।

समाजका अध्यक्ष रामकेवल गुप्ताले आज विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि गरिरहेको व्यवहार तत्काल सच्याउन माग गरेका छन् । 

महानगरले कबाड व्यवसायीलाई दुःख दिने, तोडफोड गर्ने, आज पनि अनामनगर, विशालनगर, बानेश्वर र सेतो पुल क्षेत्रका कबाडमा तोडफोड गरिएको समाजले आरोप लगाएको छ ।

'कबाड व्यवसायीका सामान जफत गरेर अभद्र व्यवहार गरिएको छ । यस प्रकारको ज्यादती तत्काल रोकी सहज ढङ्गले पेसा व्यवसाय सञ्चालन गर्न दिन हुन सरोकारवाला सबैलाई अनुरोध गर्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्