
नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले चुमेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । १ सय ८५ रनको विजयी लक्ष्य पच्छ्याएको जनकपुरले १९ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
सुदूरपश्चिम र जनकपुरबीचको उपाधि भिडन्तमा जे देखियो तस्वीरमा हेर्नुहोस्...




































