२२ जेठ २०८३, शुक्रबार

साढे ८ हजार तलबमा जीबीसँग जोडिएकी पछाई कसरी बनिन् करोडपति

पुस ७, २०८१
काठमाडौं
साढे ८ हजार तलबमा जीबीसँग जोडिएकी पछाई कसरी बनिन् करोडपति

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य प्रतिवादी बनाइएकी मध्येकी एक हुन्, लीला पछाई । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई रहँदा पछाई र जीबीबीच चिनजान भयो । 

२०७२ साउन १ गतेदेखि करिब ६ महिना नगद काउन्टरमा क्यासियरको रूपमा मासिक ८ हजार पाँच सय तलब लिएकी थिइन् । जीबीसमेतले सञ्चालन गरेको नेचर नेष्ट कम्पनीमा पछाई २०७३ साउन १ गतेबाट लेखा अधिकृत (एकाउन्ट)को रूपमा मासिक २० हजार तलब बुझ्थिन् ।

त्यतिबेला जीबीले ‘तिम्रो लागि पैसाको व्यवस्था गरिदिन्छु त्यो रकम तिमीले शेयर बजारलगायत घर जग्गामा लगानी गर, पछि मैले माग्दाको क्रममा फिर्ता गर्नुपर्छ’ भनेर पछाईलाई फकाए ।

त्यतिमात्रै होइन जीबीले पछाईलाई खुमलटारमा घर खरिद गर्ने, गाडी र स्कुटर खरिद गर्नेसमेतको कार्य गरी रकम संचय गर्ने तथा लगानी गर्ने प्रस्ताव गरे ।

पछाईले हुन्छ भनिन् ।

२०७३ साउन तीन गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका थानबहादुर बुढा मगरको नामबाट पछाईको प्राइम बैंकको खाता ५० लाख जम्मा गरिदिए ।​​

जीबीले पछाईलाई खरिदका लागि भन्दै १ करोड ५० लाख दिए । ‘मेरो बैंक खाताबाट आफ्नो खर्चको लागि लिएको ऋण रकम सो बाहेक सन्तोष रोका, सागर कमर र नवीन पोख्रेललगायत अन्य व्यक्तिको नामबाट जम्मा भएको रकम गितेन्द्रबाबु राईले जम्मा गराउनु भएको हो, मेरो नामबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महाराजगञ्ज र न्यूरोडमा करिब ५० लाख रुपैयाँ फिक्समा डिपोजिट गरिएको थियो,’ पछाईले सरकारी वकिल कार्यालय कास्कीमा बयान दिँदै भनेकी छिन्, ‘आमाले आफ्नो पैसा माग्नु भएको कारण मैले गितेन्द्रबाबु राईसँग कुरा गरेपछि उहाँले सूर्यदर्शन सहकारीबाट मलाई ७४ लाख नेपाल बैंकको खातामा जम्मा गराई दिनु भएको हो।’​

यस्तो छ पछाईको बयान

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्