२१ जेठ २०८३, बिहीबार

बाग्लुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

पुस १४, २०८१
बाग्लुङ
बाग्लुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

बाग्लुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालनमा आएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।     
     
५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए ।

२०२१ सालमा दुई कोठाबाट स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड रूपैयाँ लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । 

अस्पतालमा पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ करोड रूपैयाँ विनियोजन गरिएको थियो ।    

salt training

कमेन्ट गर्नुहोस्