२१ असार २०८३, आइतबार

वैद्यलाई भेट्न शिक्षण अस्पताल पुगेका प्रचण्ड बने भावुक

पुस १४, २०८१
काठमाडौं
वैद्यलाई भेट्न शिक्षण अस्पताल पुगेका प्रचण्ड बने भावुक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य 'किरण'को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूमा उपचार भइरहेको छ । अध्यक्ष प्रचण्डले आइतबार साँझ अस्पताल पुगेर किरणको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।

सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए ।

सो क्रममा महासचिव किरणले क्याबिनको भन्दा आईसीयूमा सारेपछि केही सहज महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्य लाभको कामना गरेका छन् ।

सो क्रममा दुवै जना भावुक पनि बनेका थिए ।

अध्यक्ष प्रचण्ड र महासचिव किरणबीच २०३८ देखि २०६८ सम्म घनिष्ट सम्बन्ध रहेको थियो ।

पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरूले एकले अर्कालाई निकै आदर भावका साथ सम्मान गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्