हाल तराईंका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।
त्यसैगरी देशका उपत्यका क्षेत्रका केही स्थानमा पनि हाल हुस्सु लागेको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुार देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ ।
दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।