०४ असार २०८३, बिहीबार

जनकपुरधाम क्षेत्रमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी

पुस १६, २०८१
काठमाडौं
जनकपुरधाम क्षेत्रमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
फाइल तस्वीर

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम परिक्रमा सडकभित्र मांसमदिरा उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

आज सञ्चारकर्मीहरूसँगको भेटमा मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । 

जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्रीले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई  अनुरोध गरे । नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उहाँले जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्