२२ जेठ २०८३, शुक्रबार

पाँच महिनामा वीरगञ्जबाट झण्डै चार अर्बको धान र ९२ करोड बढीको चामल आयात

पुस १९, २०८१
पर्सा
पाँच महिनामा वीरगञ्जबाट झण्डै चार अर्बको धान र ९२ करोड बढीको चामल आयात

चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा  धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा रु दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो । 

चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ । 

गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्