२० असार २०८३, शनिबार

स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह

पुस १९, २०८१
सिरहा
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा स्थिरता एवम् स्थायित्व कायम गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । 

सिरहाको लहानस्थित नगरपालिकाको सभाहलमा आज आयोजित १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरतासहित देशलाई विकासको गतिमा अघि बढाउने सङ्कल्पसहित वर्तमान सरकार गठन भएको बताए । 

“सत्तामा पुग्नमात्र वर्तमान सरकार गठन भएको होइन । २०४६ सालपछि छोटो समयमा सरकार परिवर्तन हुँदा जनताको इच्छा र कामना पूरा हुन सकेन । साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो, सोचेअनुरूपको विकास भएन । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो”, उपप्रधानमन्त्री सिंहले भने, “त्यसैले यो सरकारले पूरा अवधिसम्म अगाडिको सरकारले गर्न नसकेको र अधुरा काम गर्नेछ ।”

उपप्रधानमन्त्री सिंहले ठूलो सङ्घर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै प्राप्त अधिकारलाई जिम्मेवारपूर्ण तरिकाले संस्थागत गरी जनता र राष्ट्रको चाहनालाई केन्द्रविन्दुमा राखी अगाडि बढ्नुपर्ने धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्