
उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताएका हुन् । संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए ।
'यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ,' उनले भने, 'वर्तमान सरकार बनेयता आम जनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।'
साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान भएर सङ्गठन विस्तारमा लाग्न आग्रह गरे ।