३१ असार २०८३, बुधबार

जनताको आर्थिक अवस्था सुधार्न राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिनुपर्छ : प्रचण्ड

पुस २०, २०८१
काठमाडौं
जनताको आर्थिक अवस्था सुधार्न राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिनुपर्छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरूको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरूले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ,’ उनले भने, 'अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरू देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्द्धनमार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।’ 

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उनको भनाइ थियो ।

परिवर्तित राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको उनले बताए ।

सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन संभव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्