२९ असार २०८३, सोमबार

जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी

पुस २२, २०८१
काठमाडौं
जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी

जनकपुरमा जारी जय ट्रफी क्रिकेट प्रतियोगितामा मधेश प्रदेशका युवा ब्याटर मयान यादवले शतकीय पारी खेलेका छन् । 

प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो इनिङ्समा यादवले १०२ बलमा १२ चौका र २ छक्काको मद्दतले सय रनको आंकडा पार गरेका हुन् ।

पहिलो इनिङ्समा बागमती प्रदेशसँग ४८ रनले पछाडि परेको मधेश मयानको शानदार पारीको मद्दतले अग्रता बढाउन सफल भएको छ ।

मयान १०८ बलमा १०६ रन जोडेर आउट भएका छन् ।

यो समाचार तयार पार्दासम्म मधेशले ६ विकेट गुमाएको छ र बागमतीभन्दा १३४ रनले अगाडि छ ।

salt training

कमेन्ट गर्नुहोस्