२१ जेठ २०८३, बिहीबार

माघ २ मा ‘नेपाल सत्कार दिवस’ मनाउँदै होटल संघ

पुस २२, २०८१
काठमाडौं
माघ २ मा ‘नेपाल सत्कार दिवस’ मनाउँदै होटल संघ

होटल संघ नेपालले आउँदो माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस-२०२५ मनाउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस (नेपाल हस्पिटालिटी डे २०२४) अघिल्लो वर्ष माघ २ गते काठमाडौंमा आयोजना भएको थियो । 

संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको छ । होटल क्षेत्रले वर्षभरी भोगेका अवस्था र विकासका सम्भावना, चुनौती तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरू सत्कार दिवसमा प्रस्तुति रहनेछन् ।

यसपालिको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको ‘नेपाल होटल एयरबुक २०२५’को विमोचन गरिनेछ ।

सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकहरूलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खाना प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनालाई सत्कार स्वरूप दिइने संघले जनाएको छ । 

उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरूद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्ष मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ ।

साथै, कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई पुरस्कृत गरिने जनाइएको छ ।  देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्