१४ असार २०८३, आइतबार

खेलकुद मन्त्री चौधरीद्वारा नाडाको वेबसाइट शुभारम्भ

पुस २२, २०८१
काठमाडौं
खेलकुद मन्त्री चौधरीद्वारा नाडाको वेबसाइट शुभारम्भ

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) नेपालको वेबसाइट शुभारम्भ गरेका छन् । सोमबार मन्त्री चौधरीले मन्त्रालयको सभाहलमा एक कार्यक्रमबीच उक्त वेबसाइटको उद्‌घाटन गरेका हुन् । ​

उद्‌घाटनका क्रममा मन्त्री चौधरीले वेबसाइटमार्फत नेपाली खेलकुदको स्वच्छता र डोपिङविरोधी अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा विभिन्न खेल महासंघका प्रतिनिधि, मन्त्रालयका अधिकारीहरू र अन्य सरोकारवाला व्यक्तिहरूको पनि उपस्थिति थियो ।

नयाँ वेबसाइटमा स्पीक अप प्लेटफर्म समावेश गरिएको छ ।

उक्त प्लेटफर्मको मद्दतले खेलाडी, कोच र आम नागरिकले कुनै पनि सन्दिग्ध डोपिङ घटनाहरूलाई गुमनाम रूपमा रिपोर्ट गर्न सक्छन् ।

साथै, वेबसाइटमा ईलर्निङ्ग प्लेटफर्म पनि प्रस्तुत गरिएको छ । उक्त प्लेटफर्मले डोपिङविरोधी शिक्षा प्रदान गर्नेछ।

null

यसले खेलकुद समुदायमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्दै स्वच्छ खेलको लागि योगदान गर्न मद्दत पुर्‍याउने मन्त्री चौधरीले बताए ।

'यस प्लेटफर्मको माध्यमबाट सिकाइ पूरा गरेपछि, सहभागीलाई तुरुन्त प्रमाणपत्र प्रदान गरिनेछ, जसले खेलकुदका अधिकारी र खेलाडीहरूलाई डोपिङ नियम र नैतिक मापदण्डबारे सुसज्जित बनाउँछ,' मन्त्री चौधरीले भने ।

नाडा नेपालका संस्थापक डा. असिम भण्डारीले वेबसाइटलाई विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को मापदण्ड र स्ट्यान्डर्ड कोडअनुसार डिजाइन गरिएको बताएका थिए ।

यो पहलले नेपालको खेलकुद क्षेत्रमा डोपिङविरोधी प्रयासलाई मजबुत बनाउन र पारदर्शिता र नैतिक वातावरण सिर्जना गर्न ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्