२१ जेठ २०८३, बिहीबार

पुलिस र आर्मी मदन भण्डारी गोल्डकप भलिबलको सेमिफाइनलमा

पुस २२, २०८१
बुटवल
पुलिस र आर्मी मदन भण्डारी गोल्डकप भलिबलको सेमिफाइनलमा

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

लिग चरणका अन्तिम खेलमा जीत निकाल्दै आर्मी र पुलिस समूह विजेता समेत बनेका हुन् । यता, समूह चरणमा उपविजेता बनेका गुजरात स्टेट भलिबल क्लब (भारत) र मणिमुकुन्द भलिबल क्लबले सेमिफाइनलमा ठाउँ बनाएका छन् । 

सोमबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेट २५-१८ मा हारेको रुकुम पश्चिम दोस्रो सेटमा २५-१९ ले पराजित भयो । तेस्रो सेट प्रतिस्पर्धात्मक भएपनि अन्ततः २८-२६ अंकको अन्तरमा पराजित हुन पुग्यो । 

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा पराजित गर्‍यो । आर्मीले दुई सेट २५–१७ र २५–२१ को अन्तरमा जिते पनि तेस्रो सेट २५–१९ ले जित्दै सशस्त्रले खेलमा पुनरागमन गरेको थियो । तर, चौथो सेटमा आर्मीले २५–१५ अंकको अन्तरमा सशस्त्रलाई पछि पार्दै खेल जित्यो । 

भोलि (मंगलबार) पहिलो सेमिफाइनल खेल दिउँसो १२ बजे नेपाल पुलिस क्लब र गुजरात स्टेट भलिबल क्लबबीच तथा दोस्रो सेमिफाइनल दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्